दाङको अम्राई खोला नजिक कार दुर्घटना एकको मृत्यु एक सिकीस्त घाइते

Byदोर्ण के.सी.

१४ कार्तिक २०८१, बुधबार १४:१५ १४ कार्तिक २०८१, बुधबार १४:१५ १४ कार्तिक २०८१, बुधबार १४:१५

थर्कोट समाचारदाता
दाङ, १४ कात्तिक । दाङको अम्राई खोला नजिक आज कार दुर्घटना भएको छ । कार दुर्घटनामा परी दाङको तुलसीपुरका दुईजना घाईते भएकाछन् । घाइते भएका २ जना मध्य एकजनाको मृत्यु भएको छ भने एकजना सिकीस्त घाईते भएकाछन् । यसरीस् मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४५ वर्षका कर्ण बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । थापाको लमही अस्पतालमा उपचारको क्रममा करिब २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी इश्वर थापाले जानकारी दिनुभएको हो । त्यसैगरी सोही घटनामा परेर गम्भिर घाइते हुनुभएका तुलसीपुर–७ झुमरे चोक निवासी ३३ वर्षका पुर्ण बहादुर खत्रीको लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि सैनिक अस्पताल राझाँ नेपालगञ्ज बाँके रिफर गरिएको छ । तुलसीपुरबाट अमिलीया तर्फ जाँदै गरेको बा १६ च ७६४३ नम्बरको लमही नगरपालिका– ९ अम्राई खोला नजिक दिउँसो १२ बजे दुर्घटना भएको थियो । कार सडक देखि २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । कार मृतक थापाले चलाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds