दाङ

५-पुस/ पछिल्लो समय विभिन्न देशमा पठाउने भन्दै पैसा उठाउने गिरोह सक्रिय रहेको छ । दाङका केही युवाहरुलाई पनि अमेरिका, जापान र अष्ट्रेलिया पठाउने भनेर करोड बढि रुपैया लिएरका एजेन्ट अहिले सम्पर्क बिहिन भएका छन ।

विगत ८ महिनादेखि आठ जना युवारु फिलिपिन्समा अपलपत्र पारेको पीडितहरुले पत्रकार सम्मेलन गरेर तत्काल स्वदेश फर्किने बाताबरण श्रृजना गरिदिन नेपाल सरकार समक्ष हारगुहार गरेका छन ।

साबिक डुरुवा गाविस वडा नं.३ हाल तुलसीपुर १४ निवासी जलान्धर डाँगीको छोरी लक्ष्मी डाँगी (पुजा) र उनका श्रीमान सन्जय गुरुङले अमेरिका, जापान र अस्ट्रेलिया पठाइदिने भन्दै उनीहरुबाट करिब १ करोड १७ लाख रकम लिएर बाटोमै अलपत्र पारेको पिडित परिवारको आरोप छ ।

ती ८ जना युवा मध्य तीन जनालाई फिलिपिन्स र एक जनालाई जापानमा ८ महिनादेखि अलपत्र रहेका छन् ।

डाँगी र गुरुङ दम्पतीले अमेरिका पठाइदिने भन्दै दाङका आशिष सुनारसंग १५ लाख, शान्तिनगर पाउँपालिका ५ का मोहन रावतबाट २१ लाख, गोपाल खड्कासंग ३२ लाख रकम लिएको पिडित परिवारले बिहीबार रिर्पोटस् क्लब दाङमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

त्यस्तै जापान पठाउने भन्दै अर्पन केसीसंग १५ लाख, अनीशा वली संग १५ लाख र कमल वलीलाई अष्टे«लिया पठाइदिने भन्दै १८ लाख रकम लिएको पिडित परिवारको दावी छ ।

डाँगी र गुरुङ दम्पतीले विभिन्न वहानामा रकम लिएर हाल सम्पर्क बिहीन भएको पिडित मोहन रावतका बुवा कमल रावतले बताए ।

त्यस्तै तुलसीपुरका गोपाल खड्का जापानमा पढ्दै आएका थिए । उनलाई पनि अमेरिका पठाउने भन्दै ३२ लाख लिएको गोपालकी आमा खुमा खड्काले बताइन् । जापानमा राम्रो नभएपछि छोरालाई अमेरिका पठाउने भन्दै लक्ष्मीको विश्वास मानेर पैसा दिएको र अहिले छोरा जापानमा लुकेर बसेको उनको भनाइ छ ।

जापानमा अबैध रुपमा बस्दा खाँदाको खर्च आफूले घरबाटै पठाउनु परेको उनले दुखेसो व्यक्त गरिन् । उनीसहित जिल्लाका ८ जना युवालाई फिलिपिन्स र जापानमा अलपत्र अवस्थामा राखिएको परिवारको भनाइ छ ।

त्यस्तै पिडित परिवारले डाँगी र गुरुङ दम्पतीलाई कानुनी कटघरामा ल्याउनु पर्ने र आफ्नो आफन्तीलाई सकुशस स्वदेश झिकाइदिन सम्बन्धीत निकाय संग अपिल गरेका छन् ।

पत्रकार सम्मेलन रिर्पोटस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजिकरण पत्रकार एचआर मगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds