दाेर्ण के.सी./ तुलसीपुर ३० असोज ।
दाङमा दशैँ मनाउन आएका भाइको दाइले हत्या गरेको खुलासा भएको छ ।  आफ्नै पेटमा चक्कु प्रहार पछि मृत्यु भएको खबर सार्वजनिक भएपछि अनुसन्धान अघि बढाएको प्रहरीले हत्यामा संलग्न मृतकका दाइ पूर्ण तामाङ रहेको रहस्य खुलेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएकाे हो ।  बुधबार इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलनको आयोजना गरेर घटना सार्वजनिक गरेको हो ।  भक्तपुरको नगरकोट गाउँपालिका –१४ निवासी २८ वर्षका अनिल तामाङ असोज २३ गते बुबाआमा बस्दै आएको ठाउँ बबई गाउँपालिका –४ हापुरे बजारमा आएकाे पत्रकार सम्मेलन मार्फत  जानकारी गराईएकाे थियाे । मृतकका दाजु  ३१ वर्षका पूर्ण तामाङले आफुले चक्कु प्रहार गरेर भाइले नै मदिरा सेवन गरि आफै पेटमा चक्कु प्रहार गरेको प्रहरीलाई खबर गरेका थिए । अपराध कर्मबाट बच्न मृतकका दाजुले भाइले आफै पेटमा चक्कु हानेका सूचना प्रहरीलाई दिएका थिए ।  घटना लगत्तै मृतकका बुवा सोमार तामाङ र दाजु पूर्ण तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा दाजुले भाइको हत्या गरेको बयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हाे । 
इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीकाे अनुसार जग्गाको विषयलाई लिएर बुबासँग पटक पटक झगडा गर्ने गरेको र सोही विषयमा आफुसँग पनि विवाद गरेपछि मङ्गलबार बिहान साढे ९ बजे चक्कु प्रहार गरेको अभियुक्तले प्रहरीलाई बयान दिएका छन् । घटना भए लगत्तै  ‘मदिरा सेवन गरेर भाइले आफ्नै पेटमा चक्कु हानेर घाइते भएको छ भन्ने खबर हापुरे प्रहरीलाई खबर भएको थियाे । तत्काल पुगेको प्रहरीले उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाएकाे थियो । यहाँ आएपछि म अस्पतालमा गए । घटना हेर्ने बित्तिकै शङ्का लाग्यो । बाबुछोरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घटनाको वास्तविकता खुल्यो ।’ डीएसपी ठकुरीले भन्नुभएकाे थियो । वास्तविक घर भक्तपुर भएपनि मृतककी आमाको माइत हापुरेमा भएकाले उनीहरू एक दश अघि देखि  हापुरे बजारमा डोल्मा होटल सञ्चालन गरेर बस्दै आएको स्थानीय बताएका छन् । मृतकका श्रीमती र एक छाेरा रहेको र उनी हाल भक्तपुरमा रहेकाे प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी बनाएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds