दमकल खरिदका गर्न १० लाख दिने चालिसेको घोषणा

Byदोर्ण के.सी.

३० चैत्र २०८०, शुक्रबार १६:५४ ३० चैत्र २०८०, शुक्रबार १६:५४ ३० चैत्र २०८०, शुक्रबार १६:५४

राम बहादुर के.सी.
तुलसीपुर, ३० चैत ।
तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रदास चालिसेले तुलसीपुर उपमहानगरपालिकालाई दमकल खरिदका लागि १० लाख दिने एक कार्यक्रमका बिच घोषणा गर्नु भएको छ । शुक्रबार तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको ३२ औँ स्थापना दिवसको अवसरमा बोल्दै संघका अध्यक्ष चालिसेले तुलसीपुर उद्योग वाणिज्य संघको तर्फबाट लिफ्ट सहितको दमकल दरिद गर्नका लागि सो रकम सहयोग गर्ने कुरा बताउनु भएको हो । विगतका दिनहरूमा तुलसीपुरमा भएको आगलागी घटनामा परी अकालमा ज्यान गुमाउनु परेको अवस्था सँगै विगतमा भएका आगलागीका घटनाहरुको स्मरण गर्नुभएको थियो । उहाँले सो कुराको स्मरण गर्दै आगो निभाउने गतिलो यन्त्र नभएकै कारण अकालमा ज्यान गुमाउनु परेको अवस्था रहेको भन्दै लिफ्ट सिस्टम रहेको दमकलको आवश्यकता रहेको बताउनु भएको हो । त्यसैले नगरपालिकालकाई कम्तीमा पनि ५ फ्लाइटसम्मको घर जतिकै अग्लो पानी फाल्न सक्ने लिफ्ट सहितको दमकल खरिद गर्न आग्रह समेत गर्नु भयो । तुलसीपुर उपमहानगरपालिकाको पूर्व प्रमुखहरुले गरेका उदाहरणीय कामहरुको चर्चा गर्दै वर्तमान प्रमुखलाई पनि केही न केही नयाँ काम गर्न सल्लाह दिदै लिफ्ट सहितको दमकल खरिद गर्न आग्रह गर्नु भएको थियो । यस्तै स्थापना दिवसको अवसरमा बोल्ने वक्ताहरुले टरिगाउँ एयरपोर्ट विस्तार गरी नियमित संचालनमा गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एयरपोर्टका कारण दाङका स्थानिय, छिमेकी जिल्लाका नागरिक र छिटोछरितो यात्रा गर्न चाहने नागरिकहरु समस्यामा परेको भन्दै यसलाई नियमित संचालन गर्नुपर्नेमा जोड दिएको हो । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रदास चालिसे, नेपाली कांगे्रस तुलसीपुरका सभापती सुरेश हमाल, सामाजिक अभियान्ता नवराज लामिछाने, नेकपा एमालेका सचिव रूप बहादुर खत्री लगायतले टरिगाउँ एयरपोर्ट नियमित संचालनका लागि स्थानीय , प्रदेश सरकार र केन्द्र सरकारले पहल थाल्न आवश्यक रहेको बताउनु भयो । तीन वटै सरकार, सरकारी तथा गैरसरकारी संघसंस्था, अभियान्ता, नागरिक समाज, स्थानिय सबै लाग्ने हो भने एयरपोर्टलाई नियमित संचालन गर्न सकिने भन्दै कडा कदम चाल्न पनि आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds