









थर्कोट समाचारदाता
तुलसीपुर, २२ जेठ ।
दंगीशरण गाउँपालिmका वडा नं.–४ ले एक कार्यक्रमका बिच कृषकहरूलाई कृर्षी औंजार वितरण गरेको छ । वडाले दंगीशरण गाउँपालिका–४ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषी औजार वितरण गरिएको हो । ५० प्रतिशत अनुदानमा कृषी औजारका सामाग्री पाएपछी किसानहरु खुसीले गदगद भएका छन् । किसानबाट आएको माग अनुसार मंगलबार एक कार्यक्रमका बिच कृषी औजार अन्र्तगत मिनि ट्रेलर ट्याक्टर र सिचाई मोटर वितरण गरिएको वडाअध्यक्ष कमल चौधरीले जानकारी दिनुभएको थियो । उहाँका अनुसार १४ वटा मिनि ट्रेलर ट्याक्टर र २८ वटा २ इन्चको सिचाई मोटर कृषी समुहमार्फत वितरण गरिएको हो । बर्खायाममा सबै स्थानमा पानीको सुविधा नहुने भएकाले मोटरमार्फत सिंचाई गर्न सहज होस् भन्ने उदेश्यले कृषी सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो । यसले गर्दा किसानहरुलाई केही सहज हुने अपेक्षा गरिएको छ ।


