थर्काेट समाचारदाता
तुलसीपुर, १४ मंसिर । दाङमा रूखबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ७ तमाखेका ५४ वर्षिय जेम बहादुर सुनार रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सुचना अधिकारी प्रकाश थापाले जानकारि दिनुभएकाेछ । उहाँका अनुसार घर नजिकै रहेकाे ईपिलिपिकाे रूखबाट घाँस काट्ने क्रममा रूखबाट एक्कासी लड्न गई टाउकाेमा चाेट लागेका सुनारकाे उपचारका लागि नर्सिङ हाेम नेपालगंज बाके लगिएकाेमा उपचारकाे क्रममा डाक्टरले मृत घोषणा गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds