




थर्कोट समाचारदाता
तुलसीपुर २८ चैत
आज दुई चोरलाई प्रहरीले प्रकाउ गरेको छ । अस्थाई प्रहरी चौकी बेलुवाबाट खटि गएको प्रहरीको टोलीले उनीहरूलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ शिवपुरबाट नियन्त्रणमा लिएको हो । यसरी पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँ बस्ने रायन परियार र करन बिक रहेका छन् । उनीहरूले सोही ठाउँ निवासी शकंर गिरीको मोबायल चोरेर भागेका थिए । उनीहरूले मोबायल चोरी गरेपछि घरमा पुगी बसिरहेको अबस्थामा गाउँका युवाहरूले खोजतलास गर्दा पत्ता लगाएका

थिए । यसरी गाउँलेको नियन्त्रणमा रहेका ति चोरहरूलाई अस्थाई प्रहरी चौकी बेलुवाको प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय तुलसीपुरलाई बुझाएको हो । रायन परियार पटके भएको र करन बिक पहिलो पटक भएतापनि उनीहरूले विगतको समयमा विभिन्न ठाउँहरूमा चोरी गरेतापनि हाल तुलसीपुर उपमहानगरपालिका–३ निवासी दल बहादुर गुरूङको किराना पसल तोडफोड गरि किराना पसलको सामान र शंकर गिरीको मोबायल चोरी गरेको बताएका थिए ।

