थर्कोट समाचारदाता
तुलसीपुर, २६ चैत ।
दाङको तुलसीपुर उप–महानगरपालिका १८ ले महिलाहरुलाई पशुपालन सम्बन्धि तालिम दिन थालेको छ । विशेषगरी पशुपालक महिला किसानहरुलाई लक्षीत गरेर आजबाट महिलाहरुका लागी पशुपालन सम्बन्धि ३ दिने शिपमुलक तालिम दिन लागेको वडाअध्यक्ष माधव वलीले जानकारी दिनुभएको हो । तुलसीपुर–१८ को आयोजनामा वडा कार्यालयमा आजबाट सुरु भएको तालिम २८ गतेसम्म चल्ने भएको छ । तालिममा वडाका ३० वटा टोलबाट ६० जना महिलाहरुको सहभागिता रहेको वडाअध्यक्ष वलीले बताउनुभएको थियो । बिहान ७ बजेदेखी ११ बजेसम्म दैनिक ४ घण्टा चल्ने तालिममा विशेषगरी पशुपालन गर्ने तरिका, गोठ बनाउने तरिका, रोग र अन्य व्यवस्थापन सम्बन्धि जानकारी गराइने प्रशिक्षक निम कुमार आचार्यले बताउनुभएको थियो । यसबाट पशुपालन व्यवसायलाई व्यवस्थित गर्न मद्यत पुग्ने अपेक्षा गरिएको वडा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds