दोर्ण के.सी.
तुलसीपुर ०६ चैत
तुलसीपुर उपमहानगरपालिका –११ का वडा अध्यक्ष मानबहादुर रावतले एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई २५ हजार रुपैयाँले सम्मान गर्ने घोषणा गर्नुभएको छ । भोलिदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी विद्यार्थीहरूलाई शुभकामना दिँदै अध्यक्ष रावतले यस्तो बताउनु भएको हो । ११ नम्बर वडामा रहेका २ वटा सामुदायिक विद्यालयबाट करिब १४० जना विद्यार्थीले एसईई दिदैँ छन् । यस वर्षको माध्यमिक शिक्षा परीक्षा भोलि चैत ७ गतेदेखि सञ्चालन हुँदैछ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मानबहादुर रावत परीक्षामा सहभागी हुने विद्यार्थीलाई आज बुधबार विद्यालयमा पुगेर शुभकामना दिँदै, एसईईमा उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई विशेष सम्मानको घोषणा गर्नुभएको हो ।भोलि चैत ७ गते देखि संचालन हुने यस वर्षको एसईई परीक्षामा सहभागी हुने सबै विद्यार्थी भाइबहिनीहरूलाई शुभकामना दिन चाहन्छु । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएर ४ जिपिए ल्याउने छात्रछात्राहरूलाई तुलसीपुर ११ वडा कार्यालयको तर्फबाट उच्च शिक्षा अध्ययन गर्न र सम्मान स्वरुप जनही रु २५ हजारले सम्मान गर्ने जानकारी गराउन चाहन्छु ।’ अध्यक्ष रावतले भन्नुभएको थियो । सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि वडा कार्यालयको तर्फबाट उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहनस्वरूप नगद २५ हजारले सम्मानित गर्ने निर्णय भएको वडा अध्यक्ष रावतले बताउनुभएको थियो । वडाको यो निर्णयले विद्यार्थी तथा अभिभावकलाई उत्साहित बनाएको छ । ११ नम्बर वडाले यसअघि पनि सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना हुने विद्यार्थीलाई आगामी शैक्षिक सत्रदेखि वडाको तर्फबाट एक हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds