











थर्काेट समाचारदाता / तुलसीपुर, ७ फागुन । तुलसीपुर होटल व्यवसायी समितिले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । तुलसीपुर –५ बसपार्कमा रहेको मध्यपश्चिम सल्यानी गेष्ट हाउसमा गत माघ २२ गते भान्सामा ग्यास चुहावट भई आगलागी हुँदा क्षति भएको हो । होटल सञ्चालक मुनकुमारी वलीलाई एक कार्यक्रमको आयोजना गरी ७ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरिएकाे हाे । होटल व्यवसायी समितिका अध्यक्ष ईन्द्र बहादुर बस्नेतको अध्यक्षत तथा होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सदस्य नेत्रलाल वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । साे अवसरमा अध्यक्ष बस्नेतले समितिमा आवद्ध व्यवसायीले तुलसीपुरको ‘ग’ लाइनमा रहेको नागरिक केयर हस्पिटलमा उपचार खर्चमा ५ देखि २० प्रतिशतसम्म छुट पाउने गरेको बताउनुभयो । समितिका उपाध्यक्ष दोर्ण आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव तुफान केसीले गर्नु भएको थियाे ।


