तुलसीपुर,८ माघ ।  तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर महोत्सव २०८० लगाउनुको उद्देश्य स्पष्ट पारेको छ । मेला लगाउने तयारी गरिरहेका बेला विरोधका स्वरहरू सुनिन थालेपछि पत्रकार सम्मेलनको आयोजना गरेर वाणिज्य संघले उद्देश्य स्पष्ट पारेको हो । माघ २४ देखि फागुन ८ गतेसम्म सञ्चालन हुने संकलित रकमबाट दोघरेमा अधुरो रहेको सभाहललाई पूर्णता दिने, अरनिको मैदानलाई विस्तार गर्ने,  मानव सेवा आश्रम र आचार्य कलमले निर्माण गर्ने भवनका लागि आर्थिक सहयोग गर्ने र राप्ती बहिरा सङ्घमा अक्षयकोष निर्माण गर्ने वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे बताउनुभएको थियो  । विगतमा अन्य सङ्घसंस्थाले महोत्सव लगाउँदा किन विरोध  गरेको हो ? भन्दै पत्रकारहरूले सोधेको प्रश्नमा अध्यक्ष चालीसेले व्यापारीलाई मर्का नपर्ने गरि मेला सार्न मात्रै आग्रह गरेको   बताउनुभएको थियो  ।  महोत्सवमा स्थानीय कला, संस्कृति, कृषि र हस्तकलाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिने आयोजकले बताएको छ ।सो अवसरमा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले मेलालाई सफल बनाउका लागि सञ्चार माध्यमको तर्फबाट पूर्ण रुपमा सहयोग रहने बताउनुभएको थियो ।  वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले सहजीकरण गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष रुपबहादुर खत्रीले गर्नुभएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds