









कृष्ण के.सी.
दाङ, ६ फागुन ।
तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज चर्चित कलाकार एलिना चौहानको प्रस्तुति रहेको छ । महोत्सवमा आज छैठौँ दिन चर्चित कलाकार एलिना चौहान सहितका कलाकारको प्रस्तुति रहेको थियो । गायिका एलिना चौहान सहित गायक रमेश शर्मा,शिव संगित लगायतका कलाकारको प्रस्तुति रहेको थियो । तुलसीपुरमा फागुन १ गतेदेखि दोस्रो तुलसीपुर महोत्सव शुरु भएको हो । स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ आयोजित यो महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय उत्पादन, पर्यटन, कला, र संस्कृतिको प्रवद्र्धन लागि महोत्सवको आयोजना गरिएको आयोजक तुलसीपुर चेम्बर अफ कमर्सले बताएको थियो । महोत्सवमा ५०० भन्दा बढी स्टलहरू राखिएका छन् । स्टलमा कृषिजन्य वस्तु, हस्तकला,अटोमोबाइल्स, मेसिनरी, वित्तीय सेवा,सूचना प्रविधि र विभिन्न जातजातिका परिकारहरूको प्रदर्शनीमा राखिएको छ । महोत्सवमा दैनिकजसो दर्शकको संख्या बढ्दै गएको छ । ‘दर्शकको सहभागीता उत्साहजनकरुपमा बढीरहेको छ ।


