









दोर्ण के.सी.
दाङ, १२ भदौ ।
तुलसीपुर नगर जेसीजको अन्तरक्रिया कार्यक्रम तुलसीपुर सम्पन्न भएको छ । तुलसीपुर नगर जेसीजको आयोजना र तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा ‘सामाजिक सञ्जालको प्रयोगले युवामा पारेको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जेसीज वर्ष २०२४ का अध्यक्ष पूर्ण विक्रम डाँगीको अध्यक्षता एंव वरिष्ठ अधिवक्ता डिल्लीराज धितालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि धितालले प्रविधिको महत्त्व र यसको प्रयोगबारे धारणा व्यक्त गरेका गर्नुभएको थियो। अधिवक्ता धितालले ६० प्रतिशत भन्दा बढी मानिसहरू प्रविधिको प्रयोगमा संलग्न रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा भएका कुराकानीहरू स्थायी रूपमा सुरक्षित रहने बताउनुभएको थियो । उहाँले १८ देखि ४० वर्षका व्यक्तिहरूका लागि सामाजिक सञ्जालले प्रगति ल्याए पनि यसको प्रयोगमा सावधानी

अपनाउन आवश्यक रहेको बताउनुभएको थियो । त्यस्तै गरि कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष तथा कार्यक्रम वक्ता झरेन्द्र खरेलले सामाजिक सञ्जालले विश्वलाई एउटै समुदायमा जोड्न भूमिका खेलेको बताउदै सामाजिक संजालले समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्ने उल्लेख गर्दै सकारात्मक प्रविधि प्रयोगको महत्त्वमा जोड दिनुभएको थियो । त्यसैगरी, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुर पोख्रेलले १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग गर्नु नहुनेमा जोड दिनुभएको थियो । उहाँले सामाजिक सञ्जालको गलत प्रयोगले मानिसहरू मानसिक रूपमा विक्षिप्त बन्ने घटनाहरू बढेको बताउनुभएको थियो। यस्तै ग्रेट अरनिको विद्यालयमा अध्ययनरत विद्यार्थी विनिता भण्डारीले प्रविधिको प्रयोगले पठनपाठनमा सहयोग पुगेको र नयाँ विषय वस्तुको खोज अनुसन्धान गर्न तथा घरमा बस्दै खानेपानी, विद्युत्, टेलिफोनको बिल तिर्न सजिलो भएको बताउनुभएको थियो। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका हुन । कार्यक्रममा ४ ओटा विद्यालयका १ सय ४५ जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक मधुसुदन गौतमले स्वागत मन्तव्य बाट सुरूभएको कार्यक्रमको सहजीकरण जेसीजका महासचिव कमल प्रकाश शर्माले गर्नुभएको थियो ।



