









दाेर्ण के. सी.तुलसीपुर ।तुलसीपुर चेम्वर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्तिले आफ्ना सहयाेगी हातहरु फैलाउनु भएकाेछ । उहाँले एक गरिवकाे घरपरिवारलाई न्यानो कपडा सहयोग गर्नुभएको छ । प्रतिष्ठित ब्यवसायी शुसील फेन्सी स्टोरका सन्चालक समेत रहनु भएका घर्तिले तुलसीपुर ३ पैयाखोरे बस्ने पार्वती विकको घरपरिवारलाई न्यानो कपडा सहयोग गर्नुभएको हो । विपन्न तथा असहाय विकको परिवारलाई जाडोको समयमा चिसोबाट बच्नका लागि न्यानो कपडा सहयोग गर्नुभएको हो । ब्यवसायी घर्तिले ज्याकेट र हाईनेक गरेर पाँच हजार मुल्य बराबरको ८ थान कपडा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्मा माफर्त सेवा नै धर्म हो भन्ने भावनाका साथ घर्तिले सहयोग गरेको न्यानो कपडा कार्यपालिका सदस्य विश्वकर्माले शनिवार विकको घरमा पुगेर हस्तान्तरण गर्नुभएको छ । विकको घरमा चार जनाको परिवार छ । विकका श्रीमानको दुई वर्ष अघि नै निधन भएपछि अहिले तिन जना बालबालिकालाई पालनपोषण गर्न मुस्किल परेको छ । यसैबिच यसअघि उहाँले बाँके घर भएका मिर्गौला पिडित जिबन पुनलाइ १ लाख र तुलसिपुर ३ निवासि कर्ण बुढाको छोरालाइ क्यान्सर पिडित भएकाले ४५ हजार सहयोग गर्दै आएकाे बताउनुभएको छ । यस्तै उहाँँले तुलसीपुर ४ का दृष्टिविहिन गनेश गन्दर्भलाइ पनि २ हजार सहयोग गर्नुभएको बताउनु भएकाे छ ।


