तुलसीपुर चेम्बर अफ कमर्शको अधिवेशन भोली

Byदोर्ण के.सी.

११ श्रावण २०८१, शुक्रबार ११:५२ ११ श्रावण २०८१, शुक्रबार ११:५२ ११ श्रावण २०८१, शुक्रबार ११:५२

दोर्ण के.सी.
तुलसीपुर,११ श्रावन । तुलसीपुर चेम्बर अफ कमर्शको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन भोली शनिबार तुलसीपुरमा हुनेभएको छ । साधारण सभा तथा अधिवेशनमा तुलसीपुर क्षेत्रका ४ सय बढी व्यावसायीहरुको सहभागिता रहने तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्तीले जानकारी दिनुभएको हो । उहाँका अनुसार अधिवेशनले आगामी योजना सहित नयाँ कार्यसमिति समेत चयन गर्ने पनि जानकारी दिनुभएको छ । विहान ११ वजेदेखि तुलसीपुर ५ अरनिको मैदान अगाडि रहेको विएसएस पार्टी प्यालेसमा हुने तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा सहभागिताका लागि सबै व्यवसायीहरु, पत्रकारहरूलाई पत्र पठाई सकिएको छ । यदि कोही कसैले पत्र नपाएको भए यसै समाचारलाई आधारमानी उपस्थिती भई कार्यक्रमको सोभा बढाईदिनुहुन उहाँले सम्पूर्ण व्यवसायीहरु, पत्रकारहरू, शुभचिन्तकहरूमा आग्रह गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds