दोर्ण के.सी.
दाङ, १६ फागुन ।
तुलसीपुर खानेपानीको नयाँ नेतृत्वका लागि प्रमुख तीन दलहरू चुनावी मैदानको गृहकार्यमा जुटन थालेका छन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनको मिति चैत्र २ गते तोकेपछि दलहरू सो गृहकार्यमा जुटन थालेका हुन् । खानेपानीको नेतृत्वमा अजुर्न दृष्टि लगाएका तीन दलले नेतृत्वमा कसलाई पठाउने भन्ने आन्तरिक छलफलमा निरन्तर लागि परेका छन् । करिब दुई हप्तादेखि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी पार्टीहरू कसलाई टिकट दिने भन्ने विषयमा आन्तरिक छलफल र टेलिफोन सम्वादमा जुटेका छन् । माओवादी बाहेक काँग्रेस र एमालेले भने टुङ्गो लगाउन सकेका छैनन् । तुलसीपुर खानेपानीको नेतृत्व फेरि पनि लिने दाउमा रहेको नेपाली काँग्रेसले नेकपा एमाले र माओवादीलाई सहमतिमा ल्याउने प्रयासमा छ । खानेपानीको अध्यक्ष पदका लागि काँग्रेस भित्र यमकान्त भण्डारी, शोभाकर सापकोटा, भोला थापाको नाम चर्चामा छ । यद्यपी नयाँ अनुहारलाई अघि सार्नुभन्दा बहालवाला अध्यक्ष यमकान्त भण्डारीलाई पुनः दोहर्‍याउँदा निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न सकिने मनस्थितिमा काँग्रेस रहेको छ । काँग्रेसले उम्मेदवारका आकाँक्षीहसंग एकचरण छलफल समेत गरिसकेको छ ।
यता दाङ क्षेत्र नं ३ का संघिय सभापती जगत खडकाले काँग्रेसको नेतृत्वमा जानका लागि अन्य दलहरुसंग सहमतीको प्रयास गरिने बताउनुभयो । ‘उम्मेदवारको विषयमा पार्टीको बैठक बसेर छलफल भएको छैन । टेलिफोनमा कुरा भइरहेको छ । काँग्रेस हतार गर्ने पार्टी होइन । एमालेको उम्मेदवार हेरेर मात्र काँग्रेसले उम्मेदवारको टुङ्गो लगाउँछ । पहिला टुङ्गो लगाउँदा पछि व्याक गर्न गाह्रो हुन्छ ।’ सभापति खडकाले भन्नुभयो । यता पटकपटक छलफलमा जुटेको नेकपा एमालेले पनि उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । अध्यक्ष पदका आकाँक्षीले आफ्नो अडान नछोडेपछि एमालेलाई टुङ्गो लगाउन निकै सकस परेको छ । एमालेभित्र सेवकराम भण्डारी, मनोज लामिछाने र राम प्रसाद चालिसेको नाम चर्चामा छ । शेवकराम भण्डारी बहालवाला सचिव हुनुहुन्छ । पार्टीले उम्मेदवारको नाम टुङ्गो लगाउन नसकेपछि पूर्व जिल्ला अध्यक्ष हुकुम बस्नेतको संयोजकत्वमा ५ सदस्य कार्यदल समेत गठन गरिएको छ ।
पार्टीभित्र सेवकराम भण्डारीका विषयमा अलि बढी छलफल भइरहेको एमालेका केहि नेताले बताएका छन् । यसपटक नेकपा एमाले नेतृत्व पाएमा सहमतिमा जाने र नपाए चुनावमा लड्ने तयारीमा जुटेको छ । यसका लागि काँग्रेस, माओवादी र साना दलहरूसँग छलफल गर्ने उसको तयारी छ । यता नेकपा माओवादीले भने सिताराम शर्मालाई अघि सार्ने निर्णय गरेको छ । वर्षौदेखि खानेपानीको उपाध्यक्ष पदमा बसेर काम गर्दै आएकाले बहालवाला उपाध्यक्ष समेत रहेका शर्मालाई अध्यक्षमा उठाउने तयारी गरेको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मोहन थापाले जानकारी दिनुभएको थियो । ‘पार्टीले अध्यक्ष पदका लागि शर्मालाई निर्णय गरेको छ । हाम्रो नेतृत्वमा अन्य दलहरूसँग सहमतिको प्रयास गछौं । यदि त्यो सम्भव नभए साना दलहरुलाई मिलाएर निर्वाचनमा जान्छौ भनेर अध्यक्ष थापाले भन्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds