










तुलसीपुर १ फागुन । तुलसीपुर उपमहानगरपालिकाले नगर प्रहरी भर्ना गर्ने भएको छ । उपमहानगरको १४ औं नगर सभाको दोस्रो बैठकले संशोधन सहित नगर प्रहरी ऐन पारित गर्दै आवश्यक बजेट समेत विनियोजन गरेपछि नगर प्रहरी भर्ना गर्ने बाटो खुलेको हो ।उपमहानगरले २५ जनासम्म नगर प्रहरी भर्ना गर्न सक्ने नगर प्रहरी ऐनमा व्यवस्था भएको तुलसीपुर उपमहानगरपालिका नगर प्रवक्ता माधव वलीले जानकारी दिनुभयो ।त्यसैगरी चालु आर्थिक वर्षमा ९ करोड बजेट मध्यबाट उपमहानगरले प्रत्येक वडामा ३५ लाखका दरले थप बजेट पठाउने भएको छ । त्यसैगरी बैठकले स्मार्ट छोरी कार्यक्रम र शाखा महाशाखामा आवश्यकता अनुसार बजेट समेत छुट्याउने निर्णय गरेको छ । त्यसैगरी खानेपानी ऐन पनि पारित गरिएको छ ।



