









दोर्ण के.सी.
तुलसीपुर,१९ पुस ।
तुलसीपुरमा मेला महोत्सव लगाउनका लागि तुलसीपुर उपमहानगरपालिकालाई २५ लाख राजश्व बुझाउनुपर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आज बसको २८औं कार्यपालिका बैठकले तुलसीपुरमा मेला लगाउनका लागि २५ लाख रुपैयाँ राजश्व बुझाउनुपर्ने निर्णय गरेको हो । मेला महोत्सव लगाउनका लागि तुलसीपुर उपमहानगरपालिकाले यसअघि एक लाख राजश्व लिने गरेको थियो । तर पछिल्लो पटक महोत्सव संचालनका लागि नगरले लिने राजश्वमा ह्वात्तै बढाएको हो । कार्यपालिकाको बैठकले २५ लाख रुपैयाँ राजश्व लिएर तुलसीपुर चेम्बर अफ कमर्शलाई मेला लगाउन दिने निर्णय गरेको नगरका प्रवक्ता माधव वलीले बताउनुभएको थियो ।उहाँका अनुसार २८ औं कार्यपालिका बैठकले १६ औं नगरसभाको हिउदे अधिबेसन माग २१ गतेदेखी सुरु गर्ने र माघको अन्तिमसम्ममा मेयरकप संचालन गर्ने लगाएतका निर्णय समेत गरेको छ ।



