दोर्ण के.सी.
दाङ,१७ पुस।
तुलसीपुर उपमहानगरपालिकले १५ हजार बालबबालिकाको पोषण अवस्थाको निस्शुल्क जाँच गर्न सुरु गरेको छ । गैह« सरकारी संस्था बेससँगको सहकार्यमा १९ वटै वडामा रहेका ६ महिनादेखी ५९ महिनासम्मका १५ हजार बालबालिकाको शरीरमा भएको पोषण अवस्था जाँच गरिने अभियान सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिनुभएको थियो । न्यौपानेका अनुसार पौष्टिक आहारा कमी भएका बालबालिकालाई उपमहानगरले उपचार गर्ने छ । पोषण जाँचको एक समारोहका बीच आज वडा नम्वर १० बाट सुरु गरिएको हो । उक्त समारोहलाई सम्बोधन गर्दै तुलसीपुरका नगर प्रमुख टिकाराम खड्काले शारीरिक र मानसिक रुपमा बालबालिकालाई स्वस्थ राख्न पौष्टिक आहारा कमी गर्न नहुने बताउनुभएको थियो । पौष्टिक आहारा कमी भए कुपोषण लगाएतका प्राण घातक रोगले आक्रमण गर्ने भन्दै नगर प्रमुख खड्काले सम्भावित खतराको पहिचान गर्न पोषण जाँच गर्न थालिएको बताउनुभएको थियो । वडाध्यक्ष यमराज केसीको अध्यक्षतामा भएको कार्यक्रम तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डाँगी, स्वास्थ्य शाखाका पौष्टिक फोकल पर्सन विमल केसी लगाएतकाले पौष्टिक सचेतनाका बिषयमा बोल्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds