तुलसीपुर २८ साउन/ तुलसीपुरमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ हात्तीखौवा चोकमा तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ८ प १५६० नम्बरको स्कुटी र विपरित दिशावाट आउदै गरेको रा ३ प ९१८४ नम्बर को मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ। सोमबार बिहान साढे ११ बजेतिर दुर्घटना भएको हो। र्घटनामा परि घाइते हुनेहरुमा तुलसीपुर ६ निबासी १८ वर्षिय संजिता केसी र मोटरसाइकल चालक तुलसीपुर १७ निबासी ३० वर्षिय अजय खनाल रहेका छन। घाइते दुई जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनीहरुको अवस्था सामान्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds