थर्काेट समनचारदाता
दाङ, २३ मंसिर ।
दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ३ खमारीका १६ वर्षका लिलाधर वलिकाे छाेरा दिपेन्द्र वली रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मोटरसाइकलमा पछाडी सवार वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का मोटरसाइकलमा पछाडी सवार तुलसीपुर- ४ घोरनेटी कल्लेखोला बस्ने १८ वर्षका सन्दिप वलीको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएकाे हाे । मोटरसाइकल चालक तुलसीपुर-४ कल्लेखोलाका १७ वर्षका गणेश खड्को अवस्था भने मध्यम रहेको प्रहरी निरीक्षक थापाले बताउनुभएकाे थियो । घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि राप्ती लाइफ केयर अस्पताल मोतिपुरमा रिफर गरिएको थापाले जानकारी दिनुभएकाे थियो । मोटरसाइकलमा चालक सहित तीन जना सवार रहेको प्रहरीले जनाएको छ । आज दिउँसो २ बजेतिर तुलसीपुर-४ ठुला खाली खाद्रे बनहरीबाट तुलसीपुर तर्फ आउदै गरेको लु.प्र.०२-००१ प १७१७ नंम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभएकाे हाे मोटरसाइकल अनियन्त्रीत भएर रुखमा ठोक्किन गइ सडक देखि ५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds