थर्कोट समाचारदाता
तुलसीपुर, १० भदौ ।
दाङको तुलसीपुरमा बेवारिसे अवस्थामा एक बालिका फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी गराएको छ । तुलसीपुर–५ को बाहिनि नजिकै आज अन्दाजी ३ वर्षीया बालिका भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको हो। उहाँका अनुसार बालिका खासै बोल्न नसक्ने अवस्थामा रहेको साथै अहिले बालिका प्रहरीको साथमा रहेको भन्दै प्रहरी निरीक्षक थापाले बालिकालाई चिन्ने जो कोहीले पनि इलाका प्रहरी कार्यालय तुलसीपुरमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ । ऐ.१५:३० बजेको समयमा तु-६ सुकौरा रोड बस्ने आमा सर्मिला नेपालीले छोरी बर्ष २ कि स्वस्तिका नेपालीलाई पहिचान गरि यस कार्यालयबाट बुझिलिएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds