थर्कोट समाचारदाता
तुलसीपुर, २ कात्तिक । दाङको तुलसीपुरमा लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बहराइच जिल्ला रुपैडिहा घर भई अहिले तुलसीपुर–६ मदन आश्रित चोकमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय इरफान राई, सोही ठाउँका २८ बर्षीय मनोज सुनार र १९ बर्षीय रञ्जित बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार नेपालगञ्जबाट तुलसीपुरतर्फ आउदै गरेको लु १ ख ४६०१ नम्बरको गाडिलाई शनिबार दिउँसो २ बजेको समयमा दमारगाउँ प्रहरीले चेकपोष्टमा जाँच गर्ने क्रममा गाडीमा सवार रहेका इरफानले लगाएको पाइन्टको गोजीमा ब्राउन सुगर फेला परेपछी उनलाई नियन्त्रणमा लिइएको हो । उनको साथबाट प्रहरीले ३ ग्राम ८ सय २१ मिलिग्राम ब्राउन बरामद गरेको छ । यसबारे अनुसन्धान गर्दै जादा अन्य दुईजनाको समेत संलग्नता देखिएपछी उनीहरुलाई पनि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds