दाङ, ६ माघ । तुलसीपुरमा पहिलो पटक थारू संस्कृति तथा खाना प्रदर्शनी भएको छ । थारू समुदायको परम्परागत खाना , कला, रीतिरिवाज र भेषभुषाको संरक्षण तथा प्रर्वद्धन गर्न शनिबार थारू संस्कृति तथा खाना प्रदर्शनी भएको हो ।

प्रदर्शनी तुलसीपुर उपमहानगरपालिका १२ स्थित पशुपति माविको प्राङ्गणमा भएको थियो । जहाँ तुलसीपुर उपमहानगरपालिका , दंगीशरण गाउँपालिकाका विभिन्न ठाउँका थारू समुदायहरूले थारू एकल र समूहगत नृत्य प्रतियोगिता, थारू खानाको प्रदर्शनी, उद्यमीहरूले उत्पादन गरेका सामाग्री प्रदर्शनी गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds