









दोर्ण के.सी.
तुलसीपुर २५ माघ
दाङको तुलसीपुरमा जारी सर्वाधिक राशिको अन्तर वडा स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि तुलसीपुर – ६ नम्बर वडाले हात पारेको छ । आज भएको फाइनल खेलमा ६ नम्बर वडाले ८ नम्बर वडालाई शून्यका विरुद्ध चार गोलले हराउँदै उपाधि हात पारेको छ । प्रतियोगिताको विजेता तुलसीपुर ६ ले नगद २ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद सहति चाँदीको रनिङ शिल्ड प्राप्त गरेको छ भने उपविजेता तुलसीपुर– ८ ले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । ६ नम्बर वडाको तर्फबाट विशाल वली, हरि बुढामगर, तिलक चौधरी र सिदार्थ जिसीले एकरएक गोल हानेका थिए । तुलसीपुर उपमहानगरपालिका –६ नम्बर वडा कार्यालयको आयोजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी युथ क्लबको सहकार्यमा अरनिको मैदान तुलसीपुरमा प्रतियोगिता भएको थियो । माघ १९ गते देखि सञ्चालित प्रतियोगितामा तुलसीपुर उपमहा नगरका १९ वडा मध्य १६ वडाको सहभागिता रहेको थियो ।


