




दाेर्ण के.सी.
तुलसीपुर,२४ जेष्ठ ।
दाङको तुलसीपुरमा विभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुका लागी एक दिने पर्यटन पत्रकारिता तालिम प्रदान गरिएको छ । स्थानीय पर्यटन पवद्र्धनको क्षेत्रमा पत्रकारहरुलाई कलम चलाउन सहयोग पुग्ने उदेश्यले तुलसीपुर उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखाको आयोजनामा पर्यटन पत्रकारिता तालिम सञ्चालन गरिएको शाखा प्रमुख झरेन्द्र खरेलले वताउनुभयो हाे । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आथित्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.७ का अध्यक्ष राम वहादुर जि.सी.को अध्यक्षतामा सम्मपन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, राप्ति शान्ती उद्यान पार्कका अध्यक्ष डिल्लीराज भण्डारी सहित २० वढी पत्रकारहरुको सहभागिता रहेको थियो ।





सो अवसरमा वोल्दै नगर प्रमुख खड्काले पर्यटन क्षेत्रमा टेवा पुर्याउनमा पत्रकारहरुको प्रस्तुतीले महत्वपूर्ण भुमिका खेल्ने भएकाले खोज अनुसन्धानमा लाग्न पनि आग्रह गर्नुभएकाे थियो । उक्त तालिमका प्रशिक्षक नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले पर्यटन र पत्रकारिता, पर्यटनको सम्भावना, अवसर, चुनौति, समस्या चुनौती लगाएतका विषयवस्तुमा प्रशिक्षण दिनुभएको थियो । यस्तै पर्यटन प्रवद्र्धका लागी तुलसीपुरको लगानीमा तुलसीपुरको खमारी, छिल्लीकोट, कुमाल गाउँ, वुटवलपुर, चमेरेगुफा, राप्ति शान्ति उद्यानमा सञ्चालित केहि होमस्टेहरु हाल वन्द रहेको शन्दर्भमा वोल्दै प्रशिक्षक पोख्रलले यसो हुनुमा एकै जातिको समुदाय नहुनु र आर्थिक रुपले सबै समुदाय सम्पन्नता नहुनु मुख्य कारण भएको वताउनुभएको थियो ।



