



थर्कोट समाचारदाता
तुलसीपुर, १९ श्रावण ।
दाङको तुलसीपुरमा कुलोले बगाउँदा २ वर्षीया एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवामा आज बेलुका करिब साढे ५ बजेको समयमा स्थानीय सुदेश बस्नेतकी २ वर्षीया छोरी शुस्मा बस्नेत घरको आगनमा खेल्ने क्रममा नजिकै रहेको कुलोमा खसेर गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय तुलसीपुुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभएको हो । बालिकालाई कुलोले बगाइरहेको देखेपछि उनका बुवाले तत्काल उद्धार गरी कुलोबाट बाहिर निकालेका थिए । घाइते बालिकालाई ६ बजेको समयमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएर उपचार गरि गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रानाले दिनुभएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रानाका अनुसार घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय मलवारबाट सई जंग बहादुर यमसीको कमाण्डमा प्रहरी टोली खटिएर बालिका शुस्मा बस्नेतलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदा बालिकाको अवस्था गम्भीर थियो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात बालिका शुस्मा बस्नेतलाई थप उपचारका लागि निजका बुवा सुदेश बस्नेतका साथमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेमा पठाईएको थियो । सो अस्पतालमा उपचारकै क्रम्मा बेलका ९ बजेर ३५ मिनेटमा मृत्युभएको बालिकाका बुवा सुदेश बस्नेतलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभएको हो ।
