दोर्ण के.सी.
तुलसीपुर, १३ मंसिर ।
दाङको तुलसीपुरमा एक करोड बढिको लगानीमा मोबाइल सञ्चालनमा आएको छ । तुलसीपुरका युवा व्यवसायी खडक पुनले १ करोड बढिको लगानीमा राप्ती इलेक्ट्रोनिक एण्ड मोबाइल सेन्टर संचालनमा ल्याउनुभएको हो । तुलसीपुर स्थित विपि चोकमा रहेको मोबाइल सेन्टरको उद्घघाटन गर्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले पछिल्लो समय युवाले व्यवसायी गर्ने ट्रेन आएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो । उहाँले अहिले पनि रोजगारीको अभावका कारण कयौं युवाहरु विदेश पलायन भइरहेको अवस्थामा युवाहरु व्यवसायमा आउनु खुसीको कुरा भएको बताउनुभएको थियो । राप्ती इलेक्ट्रोनिक तथा मोबाईल सेन्टरमा ब्रान्डेड स्वदेशी तथा विदेशी जुनसुकै कम्पनीका इलेक्ट्रोनिक तथा इलेक्ट्रिक सामानहरू पाइने र मर्मतको सुविधा समेत रहेको सञ्चालक पुनले बताउनुभएको थियो । व्यापार व्यवसाय छोडेर विदेश पलायन भइरहेका बेला नेपालमै प्रशस्त सम्भावना देखेर व्यवसायमा लगानी गरेको उहाँले बताउनुभएको थियो । ठुलो रकम खर्च गरेर विदेश जानुभन्दा स्वदेशमा अरुलाई पनि रोजगारी दिने गरी व्यवसाय संचालन गरेको उहाँले बताउनुभएको थियो । व्यवसायमा ७ जनालाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरिएको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds