










अञ्जली के.सी.
दाङ, ४ माघ ।
तुलसीपुरमा सुनाखरी सिकाई मेला लाग्ने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– ३ स्थित दमारगाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयमा भोली शुक्रबार सुनाखरी सिकाई मेला लाग्ने भएको हो ।
विद्यार्थीलाई ज्ञान सिप आदानप्रदानका लागि सिकाई मेला संचालन गर्न लागिएको सरस्वती माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तर्ण बहादुर खड्का (राजन)ले बताउनुभएको हो । टिच फर नेपालको प्राविधिक सहयोगमा सरस्वती माध्यामिक विद्यालय सहित नौ वटा सामुदायिक विद्यालय र तुलसीपुर उपमहानगरपालिकाले सिकाई मेला संचालन गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताउनुभएको हो ।
सिकाई मेलाको लागि आवश्यक तयारी पूर्ण रूपमा पुरा भएको विद्यालयका प्रधानाध्यापक जंगविर केसीले बताउनुभएको छ । सिकाई मेलामा तुलसीपुरका १९ वटै वडाका सामुदायिक विद्यालय र संस्थागत विद्यालयबाट विद्यार्थी सिप आदानप्रदान गर्नका लागि आउने उहाँले बताउनुभएको हो ।
विद्यार्थीको चौतर्फी विकासका लागि टिच फर नेपालले तुलसीपुरमा २०७६ सालदेखि सुनाखरी सिकाई मेला संचालन गरिरहेको टिचफर नेपाल दाङका व्यवस्थापक माधवप्रसाद देवकोटाले बताउनुभएकोछ । अहिले संचालन गर्न लागेको तेस्रो मेला हुने उहाँले बताउनुभयो ।
विद्यालयले मेला संचालनका लागि आवश्यक तयारी पूर्ण रूपमा भएको बताउँदै भोलीको कार्यक्रमका लागि सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काले सबैलाई चुले निम्तो गर्नुभएको छ ।



