तुलसीपुरको दमारगाउँमा कुवा सफा गर्ने क्रममा निसासीएर २ जनाको मृत्यु

Byदोर्ण के.सी.

५ भाद्र २०८१, बुधबार ०६:१९ ५ भाद्र २०८१, बुधबार ०६:१९ ५ भाद्र २०८१, बुधबार ०६:१९

थर्कोट समाचारदाता
तुलसीपुर, ५ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा निसासीएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षका यम बहादुर विक र १६ वर्षका मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दाम प्रसाद श्रेष्ठले जानकारी दिनुभएकोृ छ । सरसफाइ गर्न कुवा भित्र पसेका दुबैजना बेहोस भएपछि अम्बापुर वेस क्याम्पबाट अक्सिजन सहित गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको थियो । बेहोस अवस्थामा अस्पतालमा लगिएका दुबैजनालाई चिकित्सकले ११ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभएको थियो । घटना बिहान ८ बजेको भएपनि प्रहरीलाई खबर ९ बजे गरिएको थियो । ‘सुरुमा ३८ वर्षका यम बहादुर विक कुवामा पस्नुभयो । उहाँ कुवामा पसेर नबोलेपछि फेरी मुकेश जानुभयो उहाँ पनि त्यही बेहोस हुनुभयो ।’ श्रेष्ठले भन्नुभयो । दुबैजना बिना डोरी १५ हात गहिरो कुवामा पसेका कारण असजिलो हुनेवित्तकै निस्कन नसकेको प्रहरीले बताएको छ । दुबै जनाको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds