दाेर्ण के.सी.
तुलसीपुर ३ भदाै
तुलसीपुर दाङको तुलसीपुरमा तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता -२०८२ सुरुभएकाे छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसाेसिएसन नेपाल (नेशनल प्याब्सन तुलसीपुर दाङ) काे आयाेजजामा हिन्दु नारीहरुकाे महान चाड हरितालिकाल तिजकाे अवसरमा आयाेजित तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता -२०८२ सुरुभएकाे हाे ।


नेशनल प्याब्सन तुलसीपुरका अध्यक्ष सुमन केसीकाे अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिकाका शिक्षा अधिकृत मन बहादुर खड्काकाे प्रमुख आतिथ्यमामा साे कार्यक्रमकाे शुरुवात भएको हाे ।कार्यक्रममा राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसाेसिएसन नेपाल (नेशनल प्याब्सन दाङका) अध्यक्ष सालिकराम कार्की, नेशनल प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष तथा राप्ती बाल

एकाडेमीका प्रिन्सिपल ठाकुर प्रसाद डाँगी, नेशनल प्याब्सन दाङका सचिव छवि कुमार वली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियाे । विभिन्न १५ विद्यालयकाे सहभागीता रहेकाे साे कार्यक्रममा नेशनल प्याब्सन तुलसीपुर दाङका उपाध्यक्ष लिलाधर भण्डारीकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे सहजिकरण नेशनल प्याब्सन तुलसीपुर दाङका सचिव रमेस पाैडेलले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds