




सल्यान, २९ पुस । सल्यानमा तरुल खन्ने क्रममा झन्डै सय मिटर माथिबाट खसेको ढुंगाले लागेर एक पुरुषको मृत्यु भएको छ ।कालिमाटी गाउँपालिका-७, स्वामिबाँसका अन्दाजी बर्ष ४२ का भीमबहादुर भनिने धनबहादुर आलेको ढुंगाले लागेर मृत्यु भएको हो ।आलेले घर नजिकैको जंगलमा वन तरुल खन्दै गरेको बेलामा करिब सय मिटरमाथि कालिमाटी गाउँपालिका-६ जुमखोला घर भएका ४४ वर्षीय घनश्याम घर्तीले पनि तरुल खन्ने बेलामा खसाएको ढुंगाले लागेर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिनुभयो ।उहाँका अनुसार आलेको टाउकोमा गहिरो चोट लागेको थियो । मृत्यु भएका आलेको शव पोष्टमार्टमको लागि नेपालगन्ज लगिएको छ । ढुंगा खसाउने घर्तीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
