आशिष के.सी./ दोर्ण के.सी
तुलसीपुर १० माघ
दाङको तुलसीपुरमा अवस्थित डिभाईन टेम्पल एकेडेमीले एक कार्यक्रमका बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले स्थानीय पाठ्यक्रममा आधारित विषयवस्तुको बारेमा विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै विद्यालय र विद्यार्थी बिचमा सम्बनध गाढा बनाएको हो ।विद्यालयले बिहीबार कक्षा ६, ७ र ८ का विद्यार्थीहरूसँग विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले अन्तरक्रिया गरेका हुन् । कार्यक्रममा एकेडेमीका संस्थापक प्रिन्सिपल भोजराज न्यौपानेले विद्यार्थीले स्थानीय पाठ्यपुस्तकमा पढेको कुराहरूलाई व्यवहारिक रुपमा पनि सिकाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । स्थानीय पाठ्यपुस्तक हाम्रो तुलसीपुरमा उल्लेखित सामाजिक संघसंस्था र यसका कार्य विषयमा विद्यार्थीहरुलाई प्रष्ट पारिएको जानकारी दिनुभएको थियो । सामाजिक संघसंस्था र यसले गर्ने कार्यका बारेमा सम्बन्धित संस्थाका प्रमुख वा प्रतिनिधिलाई सहभागी गराई अन्तरक्रिया गरिएको थियो । जसले गर्दा विद्यार्थीहरूलाई व्यवहारिक रूपमा पनि सिकाईस्तर वृद्धि गर्न सकिने उहाँले अन्तक्रिया कार्यक्रम मार्फत जानकारी गराउनुभएको थियो ।कार्यक्रममा तुलसीपुर नगर जेसीजका नवनिर्वाचित अध्यक्ष शन्दिप भुसालले जेसिजको परिचय यसले गर्ने सामाजिक कार्यको बारेमा प्रकाश पार्नुभएको थियो । त्यसैगरी कार्यक्रममा लायन्स क्लबका उपाध्यक्ष पूर्णबहादुर भण्डारीले लायन्स क्लब र यसको भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन एकेडेमीका भाइस प्रिन्सिपल महेश लामिछानेले गर्नुभएको थियो । साथै कार्यक्रममा विभिन्न संघसंस्थामा नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान एवं बधाई ज्ञापन समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds