ज्ञानदीप कलेजमा बिजी एकाउण्टिङ कक्षा सञ्चालन

Byदोर्ण के.सी.

२९ मंसिर २०८०, शुक्रबार १७:३८ २९ मंसिर २०८०, शुक्रबार १७:३८ २९ मंसिर २०८०, शुक्रबार १७:३८

तुलसीपुर, २९ मंसिर । ज्ञानदीप कलेज तुलसीपुर दाङमा बिजी एकाउण्टिङ कक्षा सञ्चालन गरिएको छ ।

ब्यबहारिक शिक्षालाई आत्मसाथ गर्दै बजारमा बिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न कलेजले बिजनेश एकाउण्टिङ सफ्टवयर तालिमको सुरुवात गरेको ज्ञानज्योति फाउण्डेसनका सिओ सुरेन्द्र जिसीले जानकारी दिए ।

पछिल्लो समयमा बिदेश जानेहरुको होडबाजी रहेको भन्दै अभिभावकलाई ऋिणको भारि बोकाएर अध्ययनकै लागि बिदेश जान नहुने उनको भनाई रहेको छ ।

शुक्रबार एक कार्यक्रमकाबिच एक महिनादेखि सञ्चालनमा रहेको बिजी एकाउण्टिङ कक्षाका सहभागी बिधार्थीलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएका तुलसीपुर उद्योग बाणिज्य सघंका महासचिव बिनिल केसीले बजारमा दक्ष जनशक्तिको खाचो भएको बताए ।

महासचिव केसीले बिद्यार्थीलाई सकारात्मक सन्देश प्रवाह गर्दै बिदेशको लहरबाट रोकेर देशको सेवा गर्ने बाताबरण श्रृजना गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । कार्यक्रममा प्रशिक्षक चार्टर अकाउण्टेन्ट उज्वल थापा,मनोज कुमार केसि,पत्रकार महासघंका कोषाध्यक्ष शरद रेग्मी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds