दोर्ण के.सी.
तुलसीपुर, ११ पौष ।
तथा जेष्ठ नागरिक तुलसीपुर नगर अध्यक्ष पूर्ण बहादुर खड्काले हरेकले जेष्ठ नागहरूको सम्मान तथा प्ररित गरेमा बुढापाकाबाट आशिष पाउने बताएकाछन् । उनले यसता कार्यक्रमहरू विद्यालयमा राखेमा विद्यार्थीहरुले जेष्ठ नागरिकहरुलाई कसरी सम्मान प्रेरित गर्ने र उहाँको अनुभवी कुराहरु सुनेर जीवलनलाई सार्थक बनाउन सहयोगी हुने कुरामा जोड दिनुभएको थियो । तुलसीपुर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले बुधबार एक कार्यक्रमको आयोजना गरी तेस्रो राष्ट्रिय दिवसको अवसरपारी जेष्ठ नागरिकको सम्मान, हाम्रो सध्यताको पहिचान’’ भन्ने नारा सहित दिवस सम्बोधन गर्दै उहाँले सो कुरामा जोड दिनुभएको हो । विद्यालयका प्रधानअध्यापक छवि कुमार वलीको अध्यक्षता एंव जेष्ठ नागरिक तुलसीपुर नगर अध्यक्ष पूर्ण बहादुर खड्काको प्रमुख आतिथ्यता तथा तुलसीपुर ९ का जेष्ठ नागरिक अध्यक्ष पिमलाल डाँगी र सचिव सालिकराम न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका प्रधानाध्यापक वलीले विद्यार्थीहरुलाई संस्कारी, अनुशासित र सभ्य नागरिक निर्माणका लागि यस्ता किसिमका कार्यक्रमहरु गर्दै आएको बताउनु भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मज्गैयाले गर्नु भएको थियो । यसैविच नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको दिनको अवसरमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन शुरु गरिएको हो । विसं २०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरिएको हो । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रति महिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन शुरू गरेको थियो । एक एकसय रुपैयाँबाट शुरु भएको मासिक भत्ता सरकारले अहिले ४ हजार रुपैयाँ पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds