दोर्ण के.सी.
सल्यान, १ जेठ । सल्यानको कपुरकोट–५, रिम स्थित जीवन ज्योति नमुना माध्यमिक विद्यालयमा उत्कृष्ट २६ जना छात्रछात्रालाई पुरस्कार वितरण गरिएको छ । विद्यालयले मणि स्मृति अक्षयकोषबाट प्राप्त रकमले २६ जना उत्कृष्ट छात्रछात्रालाई पुरस्कार वितरण गरिएको हो । स्वर्गीय मणि पुनका छोराहरु पुरभान पुन, डम्बर पुन, दुर्गाबहादुर पुन र छोरी डिला महताराको पहलमा २०७३ सालदेखि स्थापना गरिएको यस अक्षयकोषमा हालसम्म ४ लाख ६ हजार रहेको छ । कोषको व्याजबाट प्रत्येक वर्ष वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षाका एक–एक जना छात्रछात्रालाई झोला, कपी, कलम र प्रमाणपत्र प्रदान गरिँदै आएको छ । २०७३ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको सम्मान कार्यक्रममा यस वर्ष बिहिबार आज स्वर्गीय मणि पुनको १० औं वर्षिक पुण्य तिथिका अवसरमा २६ जना छात्रछात्रालाई झोला, कपी र प्रमाणपत्र प्रदान गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षता तथा स्वर्गीय मणि पुनका कान्छा छोरा एवं कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । त्यस अवसरमा सामाजिक क्षेत्रबाट कपुरकोट गाउँपालिका–५ का वडा अध्यक्ष होमबहादुर खड्का, शिक्षा क्षेत्रबाट विद्यालयका सहायक प्रधानाध्यापक भीमसेन बि।एम।, पूर्व विद्यार्थी नबिन बुढा र कृषि क्षेत्रबाट देवबहादुर साहूलाई विशेष सम्मान प्रदान गरिएको छ । कार्यक्रममा स्वर्गीय मणि पुनका नाति समिर पुनले कोषमा थप ४६ हजार जम्मा गर्नुभएको छ । विद्यालयका प्रधानाध्यापक भूपाल साहुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु खड्गबहादुर केसी, शिवराज विक, सल्लाहकार संयोजक भद्र सिंह बुढा, शिक्षक अभिभावक संघका अध्यक्ष तिला बुढा मगर, कपुरकोट गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश पौडेल, मणि स्मृति फाउन्डेसन तर्फबाट माहिला छोरा डम्बर पुन, बुहारी सिता खड्का पुन लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक खर्कसिंह बोहराले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds