









दोर्ण के.सी.
तुलसीपुर, १० फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष घनश्याम ढकालले स्कुलको मात्रै भर नपरेर अभिावकहरुले आफ्ना बालबालिकाहरुको पठनपाठनमा ध्यान दिन आग्रह गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका अध्यक्ष ढकालले पहिले घरपरिवारबाट नै बालबालिकाहरुलाई अन्य व्यवहारीक ज्ञान सिकाउन आवश्यक रहेको भन्दै यसमा अभिभावकको नै महोत्वपुर्ण भुमिका रहने बताउनुभएको थियो ।दाङको तुलसीपुरमा रहेको जिवनप्रेमी एजुकेयर एकाडेमीले आयोजना गरेको १७औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो क्षेत्रको पुरानो स्कुल जिवनप्रेणी एजुकेयर एकाडेमि अहिले स्थापित भइसकेको भन्दै सम्पुर्ण अभिभावकहरु ढुक्क भएर आफ्ना छोराछोरीहरुलाई जिवनप्रेमी एजुकेयर एकाडेमिमा नै पढाउन आग्रह गर्नुपनि गर्नुभएको थियो । सो अवसरमा कक्षा ३ की छात्रा दिपिका वली, कक्षा ९ की छात्रा सृजना चन्द, समाजसेवी मदन हमाल, दुर्गा शर्मा, हाम्रो पहुँच सेकेण्डरी स्कुलका पृन्सीपल डिआर भण्डारीलगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो । विद्यालयका शिक्षक मनिराम भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लोक दोहारी गायीका टिका सानुले आफ्नो प्रस्तुती राख्नुभएको थियो । विभिन्न विद्यालयका पृन्सीपल तथा प्रतिनिधि, विद्यार्थी, अभिभावक लगाएतको उपस्थीती रहेको कार्यक्रममा विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुले पनि गित तथा नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यार्थीहरुलाई शैक्षिक तथा खेलखुद अन्र्तगतका पुरस्कार वितरण समेत गरिएको थियो । २०६४ सालमा स्थापना भएर ५ कक्षासम्म पठनपाठन गराउदै आएको जिवनप्रेणी एजुकेयर एकाडेमी २०६९ सालदेखी कक्षा १० सम्म सञ्चालनमा रहेको विद्यालयका पृन्सीपल तिलक हमालले बताउनुभयो । उहाँका अनुसार स्कुलमा अहिले ६ सय ३० जना विद्यार्थी अध्यनरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी कुमारी पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहायक पृन्सीपल मोतिराम भुषाल र शिक्षक मनोज सापकोटाले गर्नुभएको थियो ।



