










दोर्ण के.सी.
तुलसीपुर, ३१ भदौ ।
दलित सेवा संघकी केन्द्रिय उपाध्यक्ष शारदा श्वर्णकारले समाजमा जातिय विभेद तथा छुवाछुत अन्त्यका लागि सरकारले गरेका निर्णयहरू अझै पनि कागजमै कायमै रहेको एक कार्यक्रमका बिच बताउनु भएको छ् । सरकारले जातिय विभेद तथा छुवाछुत अन्त्यका लागि गरेको निर्णयहरू कागजमा मात्र सिमीत रहेकोले अधिकार प्राप्तीका लागि राज्यले कागजमै सिमीत राखेको निर्णयलाई च्यातेर अगाडि बढनलाई सम्पूर्ण दलितहरू एकजुट हुनुपर्ने बताउनु भएको थियो । आईतबार दाङको तुलसीपुरमा भएको दलित सेवा संघको ३०औं वार्षिकउत्सव तथा ३० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै दलितका सवालमा निरन्तर रुपमा आफुहरुले आवाज उठाउदै आएपनि सुनुवाई नभएकोले आफ्ना अधिकार प्राप्तीका लागि सम्पूर्ण दलितहरू एकजुट हुनुपर्ने बताउनुभएको हो । सरकारले दलितलाई छल्नको लागि देखावटी रुपमा कानुन बनाए पनि कार्यान्वयन पक्ष कमजोर रहेको भन्दै उहाँले अब दलितहरु एकजुट हुनुको विकल्प नरहेको बताउनुभएको हो ।

पुर्व संविधानसभा सदस्य समेत रहेकी दलित सेवा संघकी उपाध्यक्ष स्वर्णकारले सरकारले माग सम्बोधन नगर्दा आफु पनि पिडीत भएकाले राज्यद्वारा कागजमै सिमीत राखेका निर्णयलाई कार्यान्वयनका लागि सबै एकजुट हुन आवश्यक रहेको बताउनुभएको हो । दलित अधिकारकर्मीहरुको लामो संघर्षपछी ऐन कानुन बनेको भन्दै उहाँले अब यसलाई कार्यान्वयन गर्न आवश्यक रहेको र यसका लागि संघले दबाब दिइरहेको उहाँले एको थियो । दलित माथिको छुवाछुत र जातीय विभेद विरुद्धको ऐनमा विभेदजन्य कार्य गरेमा दुईलाखसम्म जरिवाना र फेरी सोही कार्य दोहोरिएमा अपराधीलाई पटकै पिच्छे दोब्बर सजायको व्यवस्था गरेको छ । तर, एउटा दलित समुदायको नागरिकले आफुमाथी विभेद भएको गुनासो गर्दा सुनिदिने कोही

छैन । सो अवसरमा बोल्दै कार्यक्रमका विशिष्ट अथिती दलित सेवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष जोगेन्द्र विश्वकर्माले दलित समुदायका धेरै नागरिकले अझै पनि जातिय विभेद खेप्नु परेको बताउनुभएको थियो । गैरदलित समुदायको व्यक्ती दलितको घरमा जादा दलितले छोएका सहजै खाने गरेपनि आफ्नो घरमा भने दलितलाई लग्न नमान्ने गरेको उहाँले बताउनुभएको थियो । तर, त्यही व्यक्तीले समाजमा जातिय विभेद छैन भन्दै हिड्ने गरेको उहाँको भनाई छ । यस्तै प्रवृद्धिले गर्दा पनि जातिय विभेद हट्न नसकेको उहाँले बताउनुभएको थियो । राजनितीक पार्टीका व्यक्तीहरुले पनि प्रतिपक्षमा हुँदा दलितका मुद्धा उठाउने र सरकारमा जादा बिर्सिने झनै समस्या भएको उहाँले बताउनुभएको थियो । ४७ जनाको सहभागिता रहेको कार्यक्रममा थर्कोट त्रैमासिकका प्रकाशक दोर्ण के.सी, दलित महिला संघ दाङकी अध्यक्ष युवा करारा, राष्ट्रिय अनुसन्धान दाङका सहायक रेशम केसी, तुलसीपुर नगरकार्यपालिका सदस्य लक्ष्मण विश्वकर्मा, यमुना परियार लगाएले बोल्नुभएको थियो । सो अवसरमा सांगठनिक प्रतिवेदन संघका सचिव सन्तोष चनाराले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष किरण बिकले प्रस्तुत गर्नुभएको थियो । दलित सेवा संघ दाङकी अध्यक्ष लिला विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य उमलाल विश्वकर्माले गर्नुभएको थियो ।




