छत्रेश्वरी गाउँपालिकामा सल्यानमा समावेशी शिक्षा सञ्जाल कार्यविधिबारे छलफल

Byदोर्ण के.सी.

३ मंसिर २०८१, सोमबार १५:३६ ३ मंसिर २०८१, सोमबार १५:३६ ३ मंसिर २०८१, सोमबार १५:३६

दोर्ण के.सी.
सल्यान, ३ मंसिर ।
छत्रेश्वरी गाउँपालिका सल्यानमा एक कार्यक्रमका बिच बालिका तथा समावेशी शिक्षा संजालको गाउँपालिका स्तरिय बैठक सम्पन्न भएको छ । बैठकले बालिका तथा समावेशी शिक्षाको महत्वलाई प्राथमिकतामा राख्दै, संजालको गठन र सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ को मस्यौदा माथि छलफल गरेको छ । मस्यौदा कार्यपालिका बैठकमा पेश गर्ने निर्णयसँगै, गाउँपालिकाभित्र रहेका विद्यार्थीको अपांगता पहिचानका लागि विशेष शिविर सञ्चालन गर्ने योजना समेत तय गरिएको सञ्जालका सदस्य सचिव तथा छत्रेश्वरी गाउँपालिकाका शिक्षा अधिकृत केशर वलीले जानकारी दिनुभएको थियो । बैठकमा बोल्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले समावेशी शिक्षाले मात्र समाजमा समानता र न्याय सुनिश्चित गर्न सकिने बताउनुभएको थियो । समावेशी शिक्षाको महत्वका बारेमा अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवालालाई जानकारी गराउनुपर्ने भन्दै उहाँले बालिका र समावेशी शिक्षाका लागि परिणाममुखी काम गर्न सबै सरोकारवालालाई अभियानमा सहयोग गर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा पालिका स्तरिय सञ्जालका संयोजक तथा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले विद्यालयमा वा विद्यालय आउजाउ गर्दा अथवा अन्य स्थानमा बालवालिका माथि हुन सक्ने विभिन्न भेदभाव, दुव्र्यवहार, हिंशा तथा हेपाईलाइ न्यूनीकरणका लागि समावेशी शिक्षाले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले शिक्षामा गरिएको लगानीले दिगो विकास र समतामूलक समाज निर्माणको आधार तयार गर्नसक्ने बताउनुभएको थियो । यस्तै स्ट्रीट चाइल्ड अफ नेपालका प्रवन्धक सञ्जय बुढाथोकीले सञ्जाल गठनमा मात्र सिमित नभइ कार्यान्वयनमा पनि तदारुकता देखाउनुपर्ने धारणा राख्दै बालबालिका, विशेष गरी सीमान्तकृत समुदाय र अपांगता भएका बालबालिकाको शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । पालिका भित्रका बालिका, अपांगता तथा सीमान्तकृत र जोखिममा रहेका बालबालिकाको शिक्षा, सुरक्षा र संरक्षणका अधिकारहरूलाई प्रवद्र्धन गरी लैंगीक हिंसामा कमी ल्याउन र बालबालिकाले सामना गरिरहेका शैक्षिक अवरोधहरूको सम्बोधन गर्न, सिकाइलाई दिगो रुपमा जीवनपर्यन्त निरन्तरता दिनका लागि बालिका तथा समावेशी शिक्षा सञ्जाललाई संस्थागत गर्न लागिएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ । छत्रेश्वरी गाउँपालिकाका प्रारम्भीक विवरण अनुसार ९३ जना विद्यार्थीमा अपांगता भएको हुनसक्ने अवस्था देखिएकाले अपांगता पहिचानका लागि लगत्तै शिविर सञ्चालन गर्ने गाउँपालिकाको तयारी छ । बैठकमा कार्यपालिका सदस्य बसन्ता जिसिसंगै स्ट्रीट चाइल्ड अफ नेपालका संरक्षण संयोजक कमला उप्रेती, वरिष्ठ कार्यक्रम संयोजक निलम सुवेदी, प्रदेश फोकल पर्सन रिसिमाया चौधरी, आसमान नेपालका लक्ष्मण थापा लगायतका प्रतिनिधी एवम् सञ्जालमा आवद्ध पत्रकार, प्रहरी, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds