चौध लाख बढी किशोरीलाई क्यान्सरविरूद्धको खोप

Byदोर्ण के.सी.

८ फाल्गुन २०८१, बिहीबार १६:४३ ८ फाल्गुन २०८१, बिहीबार १६:४३ ८ फाल्गुन २०८१, बिहीबार १६:४३

दोर्ण के.सी.
काठमाडौँ,८ फागुन ।
पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा १४ लाख २८ हजार आठ सय ८९ किशोरीले लगाएका छन्चौ। अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो। गत माघ २२ गतेदेखि सुरू भएको खोप अभियान मङ्गलबार सकिएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार खोप लगाउन छुट भएका किशोरीलाई स्वास्थ्य संस्थामा लगाइनेसमेत बताउनुभएको थियो । उहाँले मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा विद्यालय सञ्चालन नभएकाले खोप अभियान सुरू नगरिएको समेट बताउनुभएको थियो। विद्यालय सुरू हुनसाथ फागुनको तेस्रो सातामा ती जिल्लामा खोप अभियान चल्नेछ। सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको थियो। नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds