चिसो माैसममा पत्रकार दिपक वलीद्वारा अपार माया : विपन्न वर्गले पाए न्यानो कपडा, खुसीले हर्षित

Byदोर्ण के.सी.

१५ पुष २०८२, मंगलवार १७:५१ १५ पुष २०८२, मंगलवार १७:५१ १५ पुष २०८२, मंगलवार १७:५१

थर्काेट समाचारदाता
दाङ, १५ पुस । 
पुस महिनाको १५ गते बिहानकाे कठ्यांग्रिदो चिसोले जनजीवन बनेकाे बेलामा तुलसीपुरका विपन्न नागरिकले न्यानो कपडा पाएका छन्‌् । सामाजिक कार्यमा सदैव सक्रिय रहने पत्रकार तथा समाजसेवी दिपक वलीको सक्रियतामा मंगलबार ४० जना विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । आफ्नो फेसबुक पेजमा ५० हजार फलोअर्स पुगेको अवसरमा फेसबुकबाट प्राप्त भएको रकम र विष्णु वली पुन तथा राजकुमार वलीले आफ्नो जन्मदिनको अवसरमा उपलब्ध गराएको रकमबाट चिसोको समस्यामा परेकाहरूलाई राहत प्रदान गरिएको हो ।

लुम्बिनी प्रदेशका सांसद एवं पूर्व अर्थमन्त्री धनबहादुर मास्कीको विशेष उपस्थितिमा आयोजित एक कार्यक्रमका बिच ती सामग्रीहरू वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मास्कीले आफ्नो र परिवारको घेराभन्दा माथि उठेर समाजका लागि सोच्ने व्यक्ति नै वास्तविक अर्थमा महान् हुने बताउँदै वलीको मानवीय कार्यको उच्च प्रशंसा गर्नुभएकाे थियो । सामाजिक सञ्जाललाई आर्थिक आर्जनसँगै सामाजिक सेवामा जोडेर वलीले समाजमा एउटा सकारात्मक र अनुकरणीय उदाहरण प्रस्तुत गरेको उहाँले बताउनुभएको थियाे । उज्यालो नेटवर्क एण्ड मल्टीमिडिया प्रालिका सञ्चालक समेत रहनुभएका वली लामो समयदेखि दिन दुःखीको सेवामा समर्पित हुँदै

Ppplआउनुभएको छ । उहाँले यसअघि पनि मृगौला पीडितलाई आर्थिक सहयोग गर्नेदेखि विपन्नका लागि घर निर्माण गरिदिनेसम्मका परोपकारी कार्यहरू गरिसक्नुभएको छ । कपडा वितरण कार्यक्रममा कलाकारिता मञ्च दाङका उपाध्यक्ष दोर्ण आचार्य र गर्जन मिडिया प्रालिका सञ्चालक तिलक वलीले समाजप्रतिको उत्तरदायित्व पुरा गरेको भन्दै वली परिवार र जन्मदिन मनाउने सहयोगी मनहरूप्रति आभार प्रकट गर्नुभएकाे थियो भने कार्यक्रमको सहजीकरण भीम वली (एसबि)ले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds