चिसो बढेसँगै जनजीवन प्रभावित हुँदै

Byदोर्ण के.सी.

९ पुष २०८१, मंगलवार १३:५२ ९ पुष २०८१, मंगलवार १३:५२ ९ पुष २०८१, मंगलवार १३:५२

थर्कोट समाचारदाता
तुलसीपुर, ९ पुष ।
चिसो बढेसँगै जनजीवन प्रभावित हुँदै गएको छ । मंङ्गलबारदेखि शीतलहर चल्न थालेपछि जनजीवन प्रभावित भएको हो। तराइमा शीतलहर र हिमाली क्षेत्रमा हिमपात बढ्न थालेपछि चिसो बढेको हो । चिसो बढ्दै जाँदा बालबालिका र वृद्धवृद्धाहरू बिरामी हुने क्रम पनि बढेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन्।शीतलहर चलेर चिसो बढ्न थालेपछि विशेष गरी बालबालिका, वृद्धवृद्धाहरू र मजदुरहरु समस्यामा परेका छन् । चिसोबाट बच्न अत्यावश्यक काम बाहेक साँझ विहान घरबाट बाहिर ननिस्कन डाक्टरहरुले सुझाव दिएका छन । साथै न्यानो बनाउने हिटर , गिजर लगायतका नाममा विद्युतीय सामग्री बाल्दा झ्याल ढोका खुल्ला बनाएर मात्रै प्रयोग गर्न डाक्टरहरुको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds