









थर्कोट समाचारदाता
दाङ, २२ कात्तिक । दाङबाट बिहीबार भ्रमणका लागि गएको बस पोखरामा दुर्घटना भएको छ । बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दाङबाट बिहीबार भम्रणका लागि गएको रा १ ख २१०६ नम्बरको बस कास्कीको पोखरा महानगरपालिका २२ विश्व शान्तिस्तूप नजिकै दुर्घटना भएको प्रहरीले जनाएको हो । नवयुग डान्स क्लब दाङबाट भ्रमण गएको यात्रुलाई बोकेको बस पुम्दीकोटबाट पोखरा झर्दै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिएका हुन् । उनका अनुसार बसमा २४ जना सवार थिए । दुई जना घाइते भएका हुन् । घाइते हुनेमा जिल्ला दाङको तुल्सीपुर उपमहानगरपालिका ४ बस्ने १७ वर्षीया सन्ध्या रसाईली र १९ वर्षीया मनिषा रसाईली रहेका छन् ।घाइते दुवै अवस्था समान्य रहेको छ । दुवैको नमस्ते अस्पताल विरौटामा उपचार भइरहेको छ । सो दुर्घटना चालकले नियन्त्रण गुमाउँदा भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिएका हुन् ।


