










दाेर्ण के.सी.
प्युठान १८ असाेज
चाडवाडको समयमा हुने महंगी र कालोवजारी नियन्त्रणको माग गर्दै नेकपा बहुमत प्युठानले प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुबेदी)लाई ज्ञापनपत्र बुझाएको छ ।शुक्रवार पार्टीका लुम्बिनी प्रदेश व्युराे सदस्य सजकको नेतृत्वमा गएकाे टोलिले प्रमुख जिल्ला रमा आचार्य (सुबेदी)लाई ज्ञापनपत्र बुझाएको हो । प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा जिल्लामा वित्तीय आतंक रोक्न र मिटर ब्याजिलाई कारवाही गर्न समेत माग गरिएको छ ।चाडबाडमा पिल्सिएका जनताहरु राज्य खोजिरहेका र राज्य नभेटिएको कुरा ज्ञापनपत्रमा उल्लेख छ।जनताको

दु:खमा राज्य रमिते बनेको साथै केही मुठ्ठीभर मान्छेको कब्जामा राज्य र राज्य संयन्त्रहरु रहेको कुरा समेत पत्रमा उल्लेख गरेको छ। राज्य जनताको नभएको हुदा जनताले पटकपटक दुख पाएको कुरा बिज्ञप्तिमा उल्लेख गरिएको छ । साथै राज्य दोहन गरिरहेका धमिराहरु , दलाल तस्कर, भष्टाचार , कालोबजारी सुदखोर र आर्थिक आतंकका बिरुद्ध नेकपा बहुमतले `भष्टाचार बिरूद्व जनएकता अभिया´ तीब्ररूपमा संचालन गरिरहेको कुरा प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।यसता छन् नेकपा बहुमत प्युठान प्रमुख जिल्ला अधिकारीलाई राखेका मागहरु :
१) सिमा सवारी साधन, होटल रेस्टुरेन्ट लगाएत अन्य उपभोग्य सरसामान किनमेल गरिने ठिगी,पाकेटमार, ज्यादती , लुटपाट नियन्त्रण गरियोस ।
२) गुणस्तरहीन तथा अखाद्य बस्तुको बिक्रि बितरण तथा उपभोगमा रोक लगाईयोस ।
३) कालोबजारी नियन्त्रणका लागि ब्यापक बजार अनुगमन गरी कारवाहीको दायरामा ल्याईयोस ।
४) चाडवाडका नाममा हुने जुवातास, जाँडरक्सी लगाएतका सामाजिक हिंसालाई कडाई गरियोस ।
५) विभिन्न प्रकृतिका चोरी तस्करी , नदिनाला दोहोन लगाएतको कडा नियमन तथा नियन्त्रण गरियोस । अबैध क्रसर बन्द गरियोस ।
६) बित्तिय आकंक रोक्न ठोस कदम चाल्नु पर्ने र मिटरब्याजिलाई कारवाही गरियोस ।
७)दुषित मनसायका चेक तथा तमसुक खारेज गरियोस।
८) सरकारी कार्यालय तथा कर्मचारीलाई अनिबार्य स्वदेशी उत्पादन प्रयोग गर्न नीति बनाईयोस ।
९) बैंक तथा बित्तीय संस्थालाई एक अंक र स्थिर व्याजदरमा कायम गर्नुका साथै जनताको जग्गा जमिन घरबास लिलाम नगर्न कडा प्राबधान राखियोस ।
१०) लागुअौषधको किन बेच र प्रयोग कडाई गरि कारवाही गरियोस ।
११) चाडवाड लक्षित गरि सडक ,सवारी साधन र सवारी चालकलाई ब्यबस्थीत गरियोस।
१२) क्षमता भन्दा बढी यात्रु राख्ने , मापसे गर्ने , नियम भन्दा बढी भाडा लिने , तिब्र गतिमा चलाउने लगाएतका क्रियाकलाप रोकियोस ।
१३) करछली , भन्सार चुहावट , न्युनबिजिकरण , गलत जाँचपास गर्नेलाई कारवाही गरियोस। लगायतकादमागहरु रहेकाछन्




