




आलोक भावुक
गढवा, १३ जेठ। गौमुत्र प्रशोधन तथा गोबरबाट धुप निर्माणका लागि गढवामा एकदिने अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ। सिप सिकौ स्व रोजगार बनौ भन्ने मूल नाराका साथ गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्र गढवाबाट निस्केको गाईका मलमुत्रलाई प्रशोधन गरेर धुप निर्माणको कार्यक्रम अघि बढाउनको लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको





जानकारी दिनुभएको थियो। अभिमुखिकरण कार्यक्रममा गौ बिज्ञान कुटीर उद्योग नेपालगंजका प्रशिक्षक ओमकार सहयोगीले सहजिकरण गर्नु भएको थियो । सहभागीहरुलाई गौमुत्र तथा गोबरको बारेमा जानकारी दिदै ओमकार सहयोगीले प्रशोधीत गौमुत्र संगै आयूर्वेद डाक्टरहरुको सल्लाह अनुसार विभिन्न जडीवुटी पनि मिसाएर अत्याधुनीक उपकरणमा आगोको तापबाट बाष्पीकरण गरि औषधिका लागि गौमुत्र तयार गरेर औषधीको रुपमा प्रयोग गर्न सकिने बताउनुभएको थियो। अभिमुखिकरण कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, शिक्षा बिज्ञ तथा चेतना विकास फाउण्डेशनका अध्यक्ष कमल सिलवाल लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्दले गर्नु भएको थियो ।



