थर्कोट समाचारदाता
तुलसीपुर ९ दाङ

तुलसीपुर उपमहानरपालिका वडा नं ४ स्थित गुरु जजुर नमुना मा.विमा बिद्यालयको ६९ औँ बार्षिकोत्सवको उपलक्ष्यमा आज देखि खेल सप्प्ताह सुरु गरिएको छ । यस विद्यालयमा आज फागुन ०९ गते देखि सुरु भएको खेलकुद कार्यक्रम ११ गते समापन हुनेछ । खेलकुद कार्यक्रममा सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको खेल सप्ताहका अध्यक्ष एवं प्रानाध्यापक विष्णु के.सीले जानकारी दिनुभएकोछ । विद्यालयमा अध्ययनरत विद्यार्थीको सदन अनुसार मार्चपास्ट, कबड्डी, फुटबल, एथ्लेटिक, लङजम्प लगायत लामो, छोटो र रिले दौड प्रतियोगिता हुनेछ । यस्तै लोक नृत्य प्रतियोगिता, लोक गीत प्रतियोगिता तथा हाजिरीजवाफ प्रतियोगिता लाइ पनि कार्यक्रममा समेटिएको छ । मानव स्वास्थ्यका लागि खेलकुद नारा दिएर सुरु गरिएको खेलकुद कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशस् गोल्ड, सिल्भर र कांस्य मेडलले पुरस्कृत गरिने खेल सप्ताहका अध्यक्ष एवं प्रानाध्यापक विष्णु के.सीले जानकारी दिनुभएकोछ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds