थर्कोट समाचारदाता
घोराही २० माघ ।
घोराही उपमहानगरपालिकाद्वारा आयोजित १७औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गुरुकुल एकेडेमीकी छात्रा गरिमा चौधरीले आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै २ वटा गोल्ड मेडल र १ वटा सिल्भर मेडल जित्न सफल भएकी छि न्। गँगा माबि रामपुरमा गत १८ गतेबाट भएको प्रतियोगितामा गुरुकुल एकेडेमीकी गरिमाले २०० मिटर दौडमा पहिलो स्थान हासिल गर्दै गोल्ड मेडल जितिन् भने लङ्जम्पमा पनि पहिलो स्थान प्राप्त गरी अर्को गोल्ड मेडल जितिन्। साथै, १०० मिटर दौडमा दोस्रो स्थान हासिल गर्दै सिल्भर मेडल पनि हात पार्न सफल भइन्। यस सफलता संगै गरीमाले आफ्नो कडा मेहनत र प्रतिबद्धताको प्रमाण प्रस्तुत गर्दै आगामी प्रतिस्पर्धाहरूमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास जगाएकी छन्। गुरुकुल एकेडेमीका प्राचार्य र शिक्षकहरूले पनि गरीमाको यो सफलता माथि गर्व व्यक्त गरेका छन्। यस प्रतियोगितामा गरीमाको सफलता अन्य

खेलाडीहरूलाई प्रोत्साहित गर्ने र भविष्यका खेलकुद प्रतिस्पर्धामा थप उत्कृष्टता हासिल गर्ने प्रेरणा दिनेछ। प्रतियोगिता जिते संगै गरीमाले गुरुकुल एकेडेमीको नाम चर्चाको शिखरमा पु¥याएकी छिन । गुरुकुल एकेडेमीले शिक्षा संस्कार र संकृतिको त्रिवेणि भन्ने मुल नारालाई स्थापित गर्दै शैक्षिक कृयकलाप मात्र नभएर शैदान्तिक तथा ब्यबहारीक शिक्षासंगै खेलकुदमा पनि विद्यार्थिहरुलाई अब्बल बनाउदै लगेको छ । जसको नतिजा बिभिन्न कार्यक्रममा भाग लिएका गुरुकुलका विद्यार्थिहरुले देखाउने गरेका छन । उत्कृष्ट खेलकुद प्रस्तुत गरेका विद्यार्थिहरुको प्रशिक्षकमा विद्यालयका संस्कार प्रमुख तथा खेल प्रशिक्षक भुगोल कँवर मगर रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds