


दोर्ण कके.सी.
दाङ, २३ जेठ ।
गिद्वलाई संरक्षण गरेमा मात्र वातावरण प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन सकिने एक कार्यक्रमका बिच सहभागी वक्ताहरूले बताएकाछन् । गिद्वले सिनो खाई वातावरण प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने भएकोले सबै मिलेर गिद्धलाई संरक्षण गर्नुपर्ने बताएका हुन् । उनीहरूले पर्यावरणिय चक्र सनातन, खाद्यसृङ्खलाको सन्तुलन र गतिशीलताको संवाहक हो । त्यसैले गिद्द संरक्षण गर्न तर्फ सम्बन्धीत सरोकारवाला निकायहरू, स्थानीय सरकार, समाज मिलेर ध्यान दिनुपर्ने समेत बताएका थिए ।

विश्व वातावरण दिवसका अवसरमा दाङको विजौरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने सहकागि वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । गिद्धको अभावमा सिनोमा भुस्याहा कुकुर, स्याल, मुसा रहने र त्यसले मानव स्वास्थ्यमा निकै असर गर्ने भन्दै गिद्द संरक्षण गरेमा मात्र वातावरण संरक्षण हुने तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता माधव वलीले बताएका थिए ।उनी भन्छन् “ गिद्द नभए सिनोको व्यबस्थापन हुँदैन”,“त्यसले गर्दा हैजा,आउँ, झाडापखाला जस्ता रोगहरु लाग्ने गर्छन, भने वातावरण पनि प्रदुषण हुन्छ ।”
हाम्रो भूमि,हाम्रो भबिष्य’ भन्ने मुल नारा सहित पर्याबरणीय दीगो विकास एवं अनुसन्धान केन्द्रको आयोजना र डिभिजन बनकार्यालय दाङ, बिसिएन, संयुक्त राष्टङ संघ विश्व वातावरण कोषको साना अनुदान कोषको आर्थिक र प्राबिधिक सहयोगमा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ का अध्यक्ष शिवानन्द डाँगीले गिद्द संरक्षण गर्न सबै क्षेत्रले चासो दिनुपर्ने बताएका थिए। पर्यावरणीय दीगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार मानवलाई लाग्ने हैजा, झाडापखालालगायतका रोगको महामारीबाट जोगाउने गिद्ध पछिल्लो समय लोप हुने अबस्थामा छन् । उनका अनुसार नेपालमा ९ प्रकारका गिद्ध पाईने भएपनि पछिल्लो समय हराउँदै जाने चिन्ता रहेको छ ।“हामीले संरक्षण अभियान चलाईरहेका छौं”,उनले भने “त्यसमा सरकारले पनि ध्यान दिनुपर्छ ।”हाल गिद्ध संरक्षणका लागि नेपालभर ७ वटा गिद्ध रेष्टुरेन्टहरु सञ्चालित छन् । ति रेष्टुरेन्ट सञ्चालन गर्न निकै चुनौति रहेको उनको भनाई रहेको थियो । हाल पशुमा दिइने डाइक्लोफेनेक औषधीकै कारण गिद्ध हराउने अबस्थामा रहेको उनको भनाई थियो । साथै प्राकृतिक बासस्थान, आहारमा ह्रास र मानवनिर्मित विद्युतिय तारबार जस्ता कारणले पनि लोप हुने अबस्थामा रहेको उनले बताएका थिए । अग्ला रुखहरुलाई संरक्षण गर्ने, सुरक्षित आहाराको ब्यबस्थापन गरेमा गिद्द संरक्षण हुने सब डिभिजन बन कार्यालय नारायणपुरका सहायक बन अधिकृत गोविन्द बहादुर बुढाथोकीले बताएका थिए । नेपालमा विभिन्न नौ प्रजातिका करिब १३ हजारभन्दा बढी गिद्ध रहेको अनुमान गरिएको छ । हिमाली र चिसो स्थानमा रहने हाडफोर प्रजातिका गिद्ध निकै कम संख्यामा छन् भने अन्य प्रजातिका गिद्ध हिमालीबाहेक सबैजसो स्थानमा पाइने गरेको छ । नेपालमा डङ, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो, हाडफोर र लामोठुडे गरी नौ प्रजातिका गिद्ध पाइएको छ । नेपालमा सबैभन्दा बढी हिमाली प्रजातिको गिद्ध करिब १० हजारको हाराहारीमा रहेको तथ्यांक छ भने खैरो, राज र लामोठुडे प्रजातिका गिद्ध भारत,पाकिस्तान, चीन, बर्मा, थाइल्यान्डलगायतका देशबाट जाडो छल्न नेपाल आउने गर्दछन् । विश्वमैै पहिलोपटक नेपालमा गिद्ध संरक्षणको थालनी भएको र संकटापन्न अवस्थामा रहेका तीनकोे संरक्षणमा यस्ता प्रयास फलदायी हुने कार्यक्रममा बताइएको थियो । प्रकृतिमा छाडिएका गिद्धको पखेटामा नम्बरसहितको ट्याग लगाइएको छ भने सेटलाइटबाट अनुगमन गर्न सकिने गरी गिद्धको ढाँडमा रेडियोकलर जडान गरिएको छ ।
विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि यी दुवै देशका साथै अन्य मुलुकले पनि गिद्ध संरक्षणमा जोड दिन थालेका छन् । रेस्टुरेन्टमा प्रकृतिमा भएका र छोड्नुपूर्व खोरमा राखिएका गिद्धलाई सँगै खाना खुवाइँदै आइएको थियो । त्यस अवसरमा गिद्ध संरक्षण सम्बन्धि कार्यपत्र बिसिएनका भुपाल नेपाली, बन वातावरण सम्बन्धि कार्यपत्र बरिष्ट फरेष्ट बिरजङ वलीले प्रस्तुत गरेका थिए । त्यस अवसरमा सबडभिजन बन कार्यालय नारायणपुरका साहयक बन अधिकृत गोबिन्द बुढाथोकी, तुलसीपुर सब डिभिजन बन कार्यालयका सर्जन वली, बिजौरी सब डिभिजन बन कार्यालयका ईश्वरी बस्नेत,सामुदायिक बनको तर्फबाट नन्द राम रोका,पत्रकार महासङ दाङका सहसचिब दिप्तिशिखा चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण संस्थाका सदस्य बालिका तिवारीले गरेकी थिइन । कार्यक्रममा सामुदायिक बन र सहकारीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
