गढवा गाउँपालिकाद्वारा बजार अनुगमन, डेढ लाख बराबरको सामाग्री जफत गरी नष्ट

Byदोर्ण के.सी.

२३ कार्तिक २०८०, बिहीबार १४:४३ २३ कार्तिक २०८०, बिहीबार १४:४३ २३ कार्तिक २०८०, बिहीबार १४:४३

आलोक भावुक
गढवा, २३ कात्तिक। मुख्य चाडपर्व नजिकिँदै गएपछि दाङ देउखुरीको गढवा गाउँपालिकाले स्थानीय बजार अनुगमनलाई तीव्रता दिएको छ । पालिकाले सोमबार तिन दिन पालिकाको मुख्य व्यापारिक केन्द्र गढवा बजारमा अनुगमन गरी म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरेको हो । पालिकाले स्थानीय उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यलय र होटल व्यवसायी संघ संग समन्वय गरेर बजार अनुगमन गरेको थियो । अनुगमनको क्रममा पसलबाट म्याद गुज्रिएका वडा नम्बर ६ मा ७६ हजार ८ सय ३४ रुपैयाँ, वडा नम्बर १ र २ बाट ३८ हजार ३ सय ०१ रुपैयाँ र वडा नम्बर ३, ४ र ५ वडा गरी ४६ हजार ८ सय ३९ रुपैयाँ गरी कुल १ लाख ६१ हजार ९ सय ७४ रुपैयाँ मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई जलाएर नष्ट गरिएको उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिएकी थिईन। संयोजक चौधरीको नेतृत्वमा कात्तिक २०,२१ र २२ गते गढवा गाउँपालिकाको कालाकाटे, धानखोला, गढवा बजार, पुतलिबजार, गोबरडिहा, रामनगर, बाँकी, चैनपुर लगाएतका स्थानमा रहेका खाद्यान्न , होटल, डेरि, मासुपसल र एग्रोभेटमा अनुगमन गरेको हो । तिन दिन सम्म चलेको अनुगमनका क्रममा म्याद नाघेका बरामद सामाग्रीहरु इलाका प्रहरी कार्यालय गढवाको परिसरमा जलाएर नस्ट गरिएको उपभोक्ता हित संरक्षण समितिका संयोजक शारदा कुमारी चौधरीले जानकारी दिएकी हुन्। अनुगमनको क्रममा म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताएका थिए।


गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको बताउदै अध्यक्ष पोख्रेलले स्थानीय फूल व्यवसायीहरुलाई प्रोत्साहन गर्दै पालिका भित्रका कुनैपनि ठाउँमा प्लास्टिकजन्य फूलमाला बिक्री(वितरण गर्न समेत रोक लगाएको बताउनुभयो। । अनुगमन क्रममा धेरैजसो खाद्यान्न पसलमा म्याद गुज्रिएको सामान फेला परेको गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिएका थिए। उनका अनुसार म्याद गुज्रिएका सामानमा फेन्टा, खाने तेल, दालमोट, आटा पिठो, भुजिया, बिस्कुट,सूजि, चकलेट, चिजबल, चियापत्ति, चामललगायत रहेका छन् ।

म्याद गुज्रिएको सामान नियन्त्रणमा लिएर सोही दिन नै नियन्त्रणमा लिएको अखाद्य वस्तु जलाएर नष्ट गरिएको अधिकृत शर्माले जानकारी दिएका थिए। अनुगमनबाट खाद्य वस्तुको उपभोगको म्याद, व्यवसाय दर्ता, मूल्य सूची, सफाइ भए नभएको,बोर्डमा पाना नम्बर भए नभएको हेरिएको छ । गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारका लागि गढवा गाउँपालिकाले बजार अनुगमनलाई नियमित गर्ने जनाएको छ । बजार अनुगमन गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा, सम्बन्धित वडाका वडा जनप्रतिनिधि, संघसंस्थाका शुरेश पौडेल, महिला तथा जेष्ठ नागरिक शाखाका प्रेरणा चन्द, राजस्व शाखाका कुलराज कुमाल ,गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, इलाका प्रहरी कार्यालय गढवाका प्रतिनिधि, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, खाद्य अधिकार मञ्च गढवाका सकुन्तला डिसी, गढवा होटल ब्यवसायी संघका दयाराम थापा, पत्रकार शिवराज पन्थी र दुख हरण यादव लगाएतकाको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds