सल्यान २२ कार्तिक
विभिन्न विधाका खेल प्रतियोगिता सहित सल्यानको छत्रेश्वरी गाउँपालिका – ५ मा वडा अध्यक्ष कप सुरु भएको छ । बुधबार गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले छत्रेश्वरी–५ स्थित गरिपारेमा एक कार्यक्रमका बिच तेश्रो वडा अध्यक्ष कपको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा विभिन्न समुहबाट स्थानीय मौलिक कला संस्कृति र हस्तकला प्रदर्शन गरिएको थियो ।
विहिबार सम्म संचालन हुने वडा अध्यक्ष कपमा वडा भित्रको १६ वटा समूहको भलिवल प्रतियोगीता र १२ वटा आमा समुहको डोरी तान्ने प्रतियोगितामा प्रतिस्पर्धा हुने वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिएका थिए । उनका अनुसार महिला तथा पुरुषको १०० मिटर, २०० मिटर, ४०० मिटर दौड , लङ्गजम्प , महिलाको रिले दौड, कुर्सी दौड लगायतका खेलमा पनि प्रतिस्पर्धा हुनेछ ।कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले खेलप्रति रुचि बढाउन र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न वडा अध्यक्ष कपले योगदान पुर्याउने विश्वास व्यक्त गरे । खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र सम्मृद्धिको आधारशिला तयार पार्ने हुँदा आफुहरुले खेलकुद विकास समिती नै गठन गरेर खेल गतिविधिहरुलाइ व्यवस्थित गर्दै लैजाने कार्यको सुरुवात गरिसकेको बताए । गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले बोल्दै पालिकाको प्रतिष्ठा बढाउने गरि अनुशासित र मर्यादित भै खेल क्षेत्रमा निरन्तर अघि बढ्न प्रतियोगिहरुलाइ आग्रह गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds